कोशी प्रदेशमा एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी दर्ता
२३ पुष, विराटनगर : राष्ट्रियसभा निर्वाचनको लागि कोशीमा नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गरेको छ।
एमालेबाट अन्य कोटामा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयमा एमालेका स्थायी समिति सदस्य शेरधन राई नेतृत्वको टोली पुगेर उम्मेदवारी दर्ता गरिएको हो।
अधिकारीको प्रस्तावकका प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन् भने कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता र समर्थकमा शिला दिक्षित कार्की छन्।
सत्तारुढ गठबन्धनबाट अन्यमा कांग्रेसका पूर्वमहामन्त्री झापाका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रीय सदस्य ओखलढुंगाकी चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गरेका छन्।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam