नेपाल प्रहरीले माग्यो एक हजार ९६१ पदका लागि आवेदन
काठमाडौं : नेपाल प्रहरीले ठूलो संख्यामा आवेदन मागेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ सहायक निरीक्षक,जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरेको हो।
सहायक निरीक्षकतर्फ खुला तथा समावेशीसहित १०५ जना माग गरिएको छ। सहायक निरीक्षकतर्फ २०८० कात्तिक ३ गते माग गरिएको २६० मा १०५ थप गरिएको नेपाल प्रहरीले जनाएको छ।
यस्तै जवानतर्फ एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ। यस्तै कार्यालय सहयोगीतर्फ ९४ जना माग गरिएको छ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम योग्य उमेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam