उपनिर्वाचन : कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का उम्मेदवार
इलाम : आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्ने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पार्टीको पदाधिकारी बैठकले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस्तै, बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पनि बैठकले निर्णय गरेको छ।
खड्का यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए। नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए।
अन्य दलका उम्मेदवार र स्वतन्त्र चुनावी प्रचारपसारमा जुटिरहँदा उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो। इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच मुख्य भिडन्त थियो। सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए।
यस्तै, बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो। देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए। पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफलसमेत गरेको थियो।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam