भलिबलका लागि आवासीय कभर्ड हल बनाइन्छ : मन्त्री श्रेष्ठ


काठमाडौँ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन्।

शनिवारबाट काठमाडौँमा शुरु भएको आठौँ एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आगामी आर्थिक वर्षमा भलिबलका लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए।

उनले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताए। उनले भलिबलका लागि राम्रो कभर्ड हल बनाउने चुनौती अहिले रहेको बताए।

मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताए।

TOP