कृष्णनगरकाे बहादुरगञ्जमा क्याम्पस सञ्चालन गर्न १४ काेठे भवनकाे शिलान्यास
कृष्णनगर, २१ जेठ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जमा १४ काेठे भवनकाे शिलान्यास गरिएको छ । नगर प्रमुख रजत प्रताप शाहले साेमबार साे भवनकाे शिलान्यास गरेका हुन् । क्याम्पस सञ्चालनका लागि १४ काेठे भवनकाे शिलान्यास गरिएको मेयर रजत प्रताप शाहले जानकारी दिए ।
मेयर शाहले संघीय सरकारको राष्ट्रिय योजना आयोग र कृष्णानगर नगरपालिकाको सहयोगमा १४ कोठे भवन निर्माणकाे कार्य सुरु गरिएको बताए । उच्च शिक्षा हासिल गर्न निकै कठिनाई रहेकाे अवस्था यसै क्षेत्रमा क्याम्पस सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको उनले बताए ।
क्याम्पस नहुँदा उच्च शिक्षा प्राप्त गर्न टाढा जानुपर्ने र गरिब विपन्न परिवारले आफ्ना छाेराछाेरीलाई पढाउन चुनाैती थपिएकाे अवस्थामा नगरले क्याम्पस सञ्चालनकाे लागि अग्रसर भएकाे मेयर शाहले बताए ।
कृष्णनगरका इन्जिनियर प्रदिप चाैधरीले संघीय सरकार र नगरपालिकाकाे ३ कराेड ९६ लाख १५ हजार रूपैयाँकाे लागतमा क्याम्पस भवन निर्माण हुन लागेकाे जानकारी दिए । उनले भवन निर्माणकाे काम बालारुपी बिश्री जेभी लमही दाङले ठेक्का पाएकाे बताए ।
भवन शिलान्यास कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, ९ का वडा अध्यक्ष सतीश कुमार हरिजन, राम गोरखाका प्रअ प्रदीप सिंह, प्राविधिक प्रदीप चौधरी लगायात उपस्थित थियोे ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam