म्याग्दीमा कृषि विकास कार्यक्रम कार्यान्वयनमा
गलेश्वर : गण्डकी प्रदेश सरकारले म्याग्दीमा कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ६ करोड रुपैयाँ लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ ।
परम्परागत बालीको संरक्षण-प्रवर्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।
यो वर्ष जिल्लामा पाँच करोड ९७ लाख ५२ हजार रुपैयाँको कृषिका कार्यक्रम सञ्चालन भएकामा सबैभन्दा धेरै तीन करोड रुपैयाँ खायन प्रजातिको आलुखेतीमा खर्च भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए। कार्यक्रमअन्तर्गत जौ, कोदो, लट्टे र फापरको प्रवर्धन गर्न चारवटा कृषि समूहमार्फत १० लाख खर्चेर विविध कार्यक्रम सञ्चालन गरेको उनले बताए।
त्यसैगरी फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत ३० लाख रुपैयाँ लगानीमा २० हेक्टर जमिनमा २६ किसान र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ भने फलफूल बगैँचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन भएको छ।
फलफूल नर्सरी स्थापना गर्न २० लाख रुपैयाँमा बेनी नगरपालिकाको भकिम्ली र धवलागिरि गाउँपालिकाका दुई कृषि फार्मसँग ५० प्रतिशतको अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ।
यसैगरी जिल्ला कृषि ज्ञान केन्द्रले कृषिजन्य उत्पादन बढाउन प्रांगारिक मल वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ। सुन्तलाको उत्पादन बढाउन १० लाख लागतमा ६३ मेट्रिक टन मल वितरणको गरिएको केन्द्रले जनाएको छ।
यो वर्ष विनियोजित १५ लाखको बजेटबाट मकैको उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएको छ। यो कार्यक्रमअन्तर्गत बेनी नगरपालिकाको तोरीपानी र पात्लेखेतमा २०० रोपनीमा मकै लगाइएको छ। कृषिजन्य कार्यक्रममार्फत जिल्लाका किसानको जीवनस्तर सुधार्ने, खेतीयोग्य जमिनको प्रयोग बढाउने र उत्पादन वृद्धिमा ज्ञान केन्द्रले जोड दिएको छ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam