रामेछापमा बस दुर्घटना, चारजना गम्भीर घाइते
–
काठमाडौं : रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
रामेछापबाट काठमाडौंका लागि छुटको बा ५ ख ५६२५ नम्बरको बस लिखु तामाकोसी गाउँपालिका– ६ बिर्ताडाँडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार बसमा २५ जना सवार थिए।
दुर्घटनामा बसका चालक यादव खत्री, यात्रु दीपक श्रेष्ठ, सविना श्रेष्ठ, मानबहादुर श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, शंखकुमारी तामाङ, सुजाता श्रेष्ठ, साबित्रा घिमिरे, सकुन्तला श्रेष्ठ र झलक श्रेष्ठ घाइते भएका छन् । घाइते सबै स्थानीय हुन्।
उनीहरुमध्ये चार जनाका अवस्था गम्भीर रहको छ। घाइतेहरुको मन्थलिस्थित सामूदायिक अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट सडकबाट झण्डै ३० मिटर खसेपछि रुखले रोक्दा ठूलो क्षति हुन नपाएको न्यौपानेले बताए।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam