संसद्काे बर्खे अधिवेशन : ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बर्खे अधिवेशन आज (सोमबार) मध्यरातिबाट अन्त्य हुँदैछ । गत वैशाख २८ गतेबाट सुरु भएको चौथो अधिवेशन जसम्म गरी १३० दिन चल्यो।
सभामुख देवराज घिमिरेले आजको बैठकमा संसद्को गतिविधिबारे गारएको जानकारी अनुसार ५३ दिनमा ५६ पटक बैठक बस्यो । २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बित्दा ५ विधेयक पारित भए । यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतित गरिएको छ ।
यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी गरी ९ विधेयक दर्ता भए भने ५ दुबै सदनबाट पारित भएको सभामुख घिमिरेले जानकारी दिए । ३ वटा विधेयक समितिमा विचाराधीन छन् ।
राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सम्बन्धित समितिमा विचाराधीन छ भने अघिल्ला अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त १० वटा विधेयकमध्ये ४ वटा विधेयकहरू पारित गरी फिर्ता पठाइएको छ। विधायन विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको छ भने ४ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा रहेका छन् । संसद् सचिवालयका अनुसार राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक सभामा प्रस्तुत भएको छ।
कांग्रेस इतर समूहको बैठक आज, १५ औँ महाधिवेशनको छुट्टै तालिका ल्याउने
भदौ १७, २०८३
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको ‘१५ औं केन्द्रीय महाधिवेशन…



ghanashyam