सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु छ सयले घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु एक लाख ५६ हजार सात सय निर्धारण भएको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको छ।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam