विवादले लियो उग्ररूप, चक्कु हानेर कामदारले गरे ग्राहकको हत्या
ललितपुर : ललितपुर सातदोबाटो बस्ने सुनसरी ईटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या भएको छ। हत्याकोअभियोगमा ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन अफ क्याफेका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
भट्टले सोही क्याफेमा आएका नयनलाई विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिएण्डबि अस्पताल ग्वार्को पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै थप अनुसन्धानको लागि क्याफेका संचालक र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam