तनहुँमा थप ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किए
दमौली । तनहुँको व्यास नगरपालिकास्थित विज्ञानचौरमा अवस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । आइसोलेशनमा रहेका ३८ जनामध्ये ३२ जनाको दोश्रो चरणको नतिजा पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।
निको भएर घर फर्कनेमा २९ जना पुरुष र ३ जना महिला रहेका छन् । सोही टोलीमा पठाइएको नमुनामध्ये ६ जनाको भने दोश्रो चरणको नतिजा पोजिटिभ देखिएको छ । पोजिटिभ देखिएका ६ जनालाई थप एक हप्ता आइसोलेशनमा राखी पुनः तेश्रो चरणको परीक्षण गरिने व्यास नगरपालिकाका जन स्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिनुभयो ।
स्वास्थ्य लाभ लिनेमा ऋषिङ्ग गाउँपालिकाका १८ जना, व्यास नगरपालिकाका ५ जना, म्याग्दे गाउँपालिकाका ६ जना र भानु नगरपालिकाका ३ जना रहेका छन् । यससँगै तनहुँमा निको हुनेको कूल संख्या ६७ पुगेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


