कोरोना मिटर : संक्रमितको संख्या १६ हजार नाघ्यो, आज थप दुई सय चारमा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई सय चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप भएकासमेत नेपालमा हालसम्म संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ ।
यो अवधिमा ६ सय ८८ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या सात हजार चार सय ९९ पुगेको छ । गौतमले संक्रमितमध्ये ४६ दशमलव ४ प्रतिशत निको भएको उल्लेख गरे ।
मंगलबार ६ हजार एक सय ३३ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार हाल संक्रमित भई आइसोलेनमा बस्नेको संख्या आठ हजार ६ सय ३४ छ भने क्वारेन्टाइनमा २५ हजार सात सय २७ जना छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


