सिंगापुरमा संसदीय निर्वाचन : पीएपीले ल्यायो अत्यधिक बहुमत
सिंगापुरमा सम्पन्न संसदीय निर्वाचनमा पिपुल्स एक्सन पार्टी (पीएपी)ले अत्यधिक बहुमत प्राप्त गरेको छ।
प्रधानमन्त्री लरेन्स वोङको पीएपी पार्टीले ९७ सदस्यीय संसदमा ८७ सिट जितेको हो। जितपछि प्रधानमन्त्री वोङले बलियो जनमतका लागि आभार प्रकट गर्दै जनमतको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्।
संसदका मुख्य प्रतिपक्षी दलले १० सिटमा जित हासिल गरेको छ। पीएपी पार्टी सन् १९६५ देखि निरन्तरजसो सत्तामा छ । जुन पार्टीसँग वर्कर्स पार्टी डब्ल्युपीले मुख्य प्रतिस्पर्धा गरेको थियो । अरु पार्टीहरु पनि प्रतिस्पर्धामा रहेकामा उनीहरुले कुनै पनि सिट जित्न सकेनन् । त्यहाँको निर्वाचन विभागका अनुसार देशका २६ लाख मतदाताले १२ सय ४० मतदान सेन्टरबाट मतदान गरेका छन्। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam