मोटसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु
माधब बेल्बासे
चन्द्रौटा,२८ असार
कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासा नजिकै आईतवार दिउँसो मोटरसाईकल दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ । पश्चिम बाट पुर्व जादै गरेको रा ५ प ५६४१ नम्बरको मोटरसाईकल अनियन्त्रीत हुदाँ दुर्घटना भएको अस्थायी ट्राफिक चन्द्रौटाका प्रहरी सहायक निरिक्षक हरि जिसीले बताउनुभयो ।
मृत्यु हुनेमा मोटरसाईकल चालक रोल्पाको गंगादेव गाउँपालिका ७ जाउचौरका २२ वर्षीय ललित बुढाको उपचारको क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गभ्मीर चोट लागेको र उपचारको लागि बहादुरगंञ्जमा रहेको शिवराज अस्पतालमा पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको हो ।
उक्त मोटरसाईकलमा सवार एक जना घाईते भएका छन् । उनको बुटवलमा उपचार भइरहेको प्रहरिले जनाएको छ । सडक देखि केहि पर कल्भड मुनी परेकोले समयमा उद्धार हुन नसकेको जनाइएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


