मकवानपुरको बागमतीमा विद्युतीय गाडी (ईभी) र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते
काठमाडौँ : मकवानपुरको बागमतीमा विद्युतीय गाडी (ईभी) र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते भएका छन् ।
सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ आउँदै गरेको ईभी र मोटरसाइकल मंगलबार बिहान बागमती गाउँपालिका-४ झुरझुरेमा ठोक्किका हुन्। यस क्रममा मोटरसाइकल चालक र ईभीमा सवार १३ जना घाइते भएका प्रहरीले जनाएको छ।
मधेश प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ आउँदै गर्दा ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग झुरझुरेमा ठोक्किएको हो। घाइतेहरूलाई बागमतीस्थित सान्बी मेडिकलमा प्राथमिक उपचार गरी हेटौँडा अस्पताल पठाएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन। घाइतेहरूको परिचय खुलेको छैन । थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam