सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतिलाई रोजगारीको व्यवस्था
काठमाडौँ : सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतिलाई रोजगारीको व्यवस्था गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो।
आज सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुजन मगियालाई कम्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे।
विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा दृश्य कैद गर्दागर्दै एक घरभित्र आगजनीमा परी पत्रकार रजकको निधन भएको थियो।
सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलन गर्ने पत्रकारहरु सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे।
उनले भने, “पत्रकार सुरेशको क्रियाशील पत्रकारका रुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद निधन भएको छ। सुरेशका लागि केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासङ्घले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भए पनि रोजगारीको पहल गरिएको छ। यसले थोरै भए पनि सान्त्वना मिल्ने अपेक्षा छ।”
सञ्चारमन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाए। थाहा खबर
-
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको पूर्ण बैठक आज
-
आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
-
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
-
चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
२०८३ कार्तिक १६, सोमबार ३:३४ गते
एजेन्सी काठमाडौंः अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ। अमेरिकी यातायात…



ghanashyam