आगो लगाएका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु
काठमाडौँ : सर्लाहीको लालबन्दीमा शरीरमा आगो लगाएका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।
मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका- ७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका-२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
गम्भीर घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचार गरी प्रहरीले राति नै थप उपचारका लागि प्रादेशिक अस्पताल लगेको थियो। उपचारकै क्रममा बुधबार बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए। थाहा खबर
-
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको पूर्ण बैठक आज
-
आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
-
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
-
चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
२०८३ कार्तिक १६, सोमबार ३:३४ गते
एजेन्सी काठमाडौंः अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ। अमेरिकी यातायात…



ghanashyam