विद्यालयमा अस्ट्रियाले लगायो हिजाब लगाउन प्रतिबन्ध
मध्य युरोपेली देश अस्ट्रियाले विद्यालयहरूमा हिजाब लगाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। त्यहाँ दक्षिणपन्थी गठबन्धनको नेतृत्वमा छ भने त्यसमा तीनवटा मध्यमार्गी दल सहभागी छन्।
सरकारले यो कानुन ‘लैंगिक समानताप्रति स्पष्ट प्रतिबद्धता’ भएको दाबी गरेको छ।
तर आलोचकहरू यसले देशमा मुस्लिमविरोधी भावना बढाउने तथा असंवैधानिकसमेत हुन सक्ने दाबी गर्छन्।
यो प्रावधान सार्वजनिक र निजी दुवै विद्यालयहरूमा लागु हुने अस्ट्रियाले जनाएको छ।
यसअघि सन् २०२० मा पनि १० वर्षमुनिका बालिकाहरूमा लगाइएको यस्तै हिजाब प्रतिबन्धलाई संवैधानिक अदालतले खारेज गरेको थियो।
अहिलेको नयाँ कानुन बारम्बार उल्लंघन गरिए बाल तथा युवा कल्याण एजेन्सीलाई जानकारी गराइनेछ।
अन्तिम उपायका रूपमा परिवार वा अभिभावकहरूलाई ८०० युरो (८४,००० रुपैयाँ) सम्म जरिवाना गरिने बीबीसीले जनाएको छ। वैखरी
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam