११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

 

१८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलनको तेस्रो संस्करण आउँदो मंसिरमा काठमाडौंमा आयोजना हुने भएको छ ।

गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित शिक्षा विभागको आयोजनामा मंसिर ११, १२ र १३ गते सम्मेलन हुन लागेको हो ।

 

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा हुने सम्मेलनमा नेपालसहित ११ देशका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

गणित शिक्षा परिषद् नेपालका अध्यक्ष डा. रमेशप्रसाद अवस्थीका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत, जर्मनी, सिंगापुर र मलेसियाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राध्यापक, शिक्षक, विद्यार्थी, शिक्षक प्रशिक्षक, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, पाठ्यक्रम विशेषज्ञ, शैक्षिक अभ्यासकर्ता तथा गणित क्षेत्रका विज्ञहरू सहभागी हुनेछन् ।

 

अमेरिकामा आज मध्यावधि चुनाव
२०८३ कार्तिक १७, मंगलवार ३:३३ गते
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
२०८३ कार्तिक १७, मंगलवार ३:३१ गते
TOP