प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा ३३ जना पक्राउ
तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो।
T
अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाई छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिएको छ।
यसैबीच पोखरा–मुग्लिन सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ।
आज बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको हो।
कार्यक्रमअन्तर्गत ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा चारपाङ्ग्रे साना तथा ५४ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको छ।
विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस
२०८३ कार्तिक २१, शनिबार ९:५४ गते
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ कार्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिकामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । गाउँपालिकाको…



ghanashyam