देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई महिला प्रहरी नियन्त्रणमा
भैरहवा।
रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार २०८३ कात्तिक २६ गते राति करिब ११ बजेर ५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २२ वर्षीया प्रगति बस्नेत रहेका छन्।
सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
त्यस्तै, प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षणविपरीत स्वेच्छाचारी तथा अमर्यादित तवरले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।
-
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग
-
स्पेनमा आवास संकटविरुद्ध आमहड्ताल, मड्रिड र बार्सिलोनामा व्यापक प्रदर्शन
-
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै
-
प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा ३३ जना पक्राउ
-
देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई महिला प्रहरी नियन्त्रणमा
स्वस्थ र सुखी जीवनका लागि विजयनगरमा ३ दिने योग प्रशिक्षण हुँदै
२०८३ कार्तिक २५, बुधबार १२:५४ गते
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २५ कार्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिकामा योग, ध्यान तथा सकारात्मक जीवनशैली सम्बन्धी तीन दिने प्रशिक्षण कार्यशाला…


