विजयनगरबाट काठमाडौँका लागि देवभूमि भिआइपी बस सेवा सुरु

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २५ कात्तिक ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट काठमाडौंका लागि देवभूमि भिआइपी क्यापिटल एयर बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बस सेवाको उद्घाटन गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो ।

विजयनगर क्षेत्रका नागरिकलाई काठमाडौं आवतजावत गर्न सहज बनाउने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याइएको हो । बस प्रत्येक दिन साँझ ६ः३० बजे वडा नम्बर ६ स्थित भटनी-फरेनी चोकबाट छुट्ने व्यवस्था गरिएको छ । बसले सुन्दरीडाँडा, तुरुन्तपुर, शिवपुर र चन्द्रौटा लगायतका स्थान हुँदै काठमाडौंसम्म सेवा प्रदान गर्नेछ ।

बस सेवाबाट विजयनगरसहित आसपासका क्षेत्रका नागरिकलाई काठमाडौं पुग्न थप सहज हुने अपेक्षा गरिएको छ । यसअघि काठमाडौं जान अन्य स्थानबाट बस चढ्नुपर्ने बाध्यता रहेका यात्रुलाई स्थानीय स्तरबाटै यातायात सुविधा उपलब्ध हुने भएको छ ।

बसकाे टिकट फरेनी चाेकमा रहेकाे डेल्टा ल्यापटप एण्ड मोबाइल सेन्टरबाट काट्न सकिने व्यवस्था मिलाइएको छ । टिकट बुकिङ तथा थप जानकारीका लागि ९८१३८८६६५५ नम्बर सम्पर्क गर्न सकिने छ ।

 

विजयनगरमा भाेलि रक्तदान कार्यक्रम हुँदै, रक्तदान गर्न गाउँपालिकाको आग्रह
२०८३ कार्तिक १९, बिहीबार ९:५८ गते

घनश्याम भर विजयनगर, १९ कार्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिकामा भाेलि रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ‘रक्तदान जीवनदान, तपाईंको…

TOP