मलेशियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर
क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा पूर्वप्रधानमन्त्री नाजिब दोषी भएको ठहर गरेको हो।
उनले आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू अस्वीकार गरेका थिए । उक्त मुद्दालाई मलेसियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्त्वपूर्ण परीक्षा मानिएको थियो । मलेसियाको वनएमडीबी नामक कोष अपचलन काण्डले विश्वभरी भएका जालसाजी र भ्रष्टाचारलाई उजागर गरिदिएको छ ।
उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको घोषणा गरेका हुन् । मंगलबारका फैसलाहरू सरकारी कोषबाट तात्कालीन प्रधानमन्त्रीका निजी खाताहरूमा चार करोड २० लाख रिंगिट ९करिब एक करोड अमेरिकी डलर० स्थानान्तरण गरेको विषयसँग सम्बन्धित छन् । नजिब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए । (बीबीसी)
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


