बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किँदै
काठमाण्डौ – बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किँदै गएको छ ।
राष्ट्रपति एलेक्जेडर लुकासेन्कोविरुद्ध हजारौँ मानिस सडकमा आएपछि अवस्था तनावपूर्ण बनेको हो । राजधानी मिन्स्कलगायतका ठाउँमा धेरैको संख्यामा प्रहरी खटाइएको बीबीसीले जनाएको छ।
अहिलेसम्म १ सय २५ जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले राष्ट्रपतिले पद छाड्नुपर्ने बताउँदै आएका छन् ।
गएको अगस्ट ९ मा भएको चुनावमा धाँधली गरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुँदै आएको छ । सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले ८० दशमलव १ प्रतिशत मत प्राप्त गरेको निर्वाचनसम्बन्धी निकाय सेन्ट्रल इलेक्सन कमिसनले बताएको छ ।
प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले भने १० दशमलव १२ प्रतिशत मात्रै मत प्राप्त गर्नुभएको छ । तर उहाँले राम्रोसँग गणना गरे आफूले ६० देखि ७० प्रतिशत समर्थन प्राप्त गरेको दाबी गरिरहनुभएको छ । चुनाव अगाडि झण्डै ६ हजार ७ सयभन्दा धेरै व्यक्तिलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको खबरहरु सार्वजनिक भएका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


