मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : कोरोनाबाट जोगिएर काम गर्नुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिनुभएको हो ।
मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिनुभएको हो ।
गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, हिजोको क्याबिनेट बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।
तर, बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा भने उपस्थित हुनुभएको थिएन । आफूलाई कतैबाट कोरोना सर्ने डर मन्त्री खतिवडा बैठकमा उपस्थित नभएको बताइएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


