कपिलवस्तुमा २१९ पिस चादिको पायल सहित ३ जना भन्सार चलान
मनिष गुप्ता ,
कपिलवस्तु,
कपिलवस्तुमा २१९ पिस चादि जस्तै देखिने सेतो धातुको पाउजु(पायल) सहित ३ जनालाई भन्सार पठाईएको छ । भारत बाट लुकाई छिपाई ल्याउदै गरेको २१९ पिस चादि जस्तै देखिने सेतो धातुको पाउजु९पायल० सुचनाको आधारमा ईप्रका कृष्णनगर र स।प्र।बल नेपाल बिओपी कृष्णनगरको संयुक्त टोलीले नेपाल भारत सिमा क्षेत्रमा चेकजाच गर्दा पक्रऊ गरिएको ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले जनकारी गराएका छन ।
चादि जस्तै देखिने सेतो धातुको पाउजु९पायल०को ओसार पोसारमा प्रयोग हुने बा ८ च २९५२ नम्बरको कर सहित ३ जनालाई भन्सार पठाईएको ईप्रका कृष्णनगरले जनाएको छ । सोमवार साझा ८ बजे पक्रऊ गरिएको सामग्री सँगै शिवराज नगरपालिका ५ बस्ने आकाश बर्मा, ओम बहादुर घर्ती र आनन्द वर्मालाई सामान सहित पक्रऊ गरिएको थियो ।
कृष्णनगर र भगवानपुरको बिच सिर्सेहवा बाट गस्ती टोलीले सो सामान पक्राउ गरेको थियो । यस्तै, भारत बाट राति ९ बजेको समायमा कम्पाईन मेसिनको सामान ओसार पोसार गरि रहेको दुई वटा मोटरसाईल पक्रऊ गरि सामान सहित भन्सार पठाईएको छ । पक्रऊ परिएको मोटरसाईकिल लु ११ प २६१ र लु १७ प ९४४९ रहेको छ भने नेपाल बाट भारत तिर लगि रहेको १३ क्युनटल मटर (केराउ) पक्रऊ गरि भन्सार पठाईएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


