नेकपा बैठक सर्यो, दिउँसो ३ बजे बस्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने तयारी छ ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडालाई लैजान चाहे पनि प्रचण्ड पक्षले त्यसमा सहमति जनाएको छैन ।
यसअघि नेकपाको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेकाले सो निर्णय विपरीतको काम गर्न नहुने प्रचण्ड पक्षको भनाइ छ ।
उपाध्यक्ष गौतमले पनि आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
यसबारे बुधबार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । प्रचण्डले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएपछि सोही दिन राति ओलीले गौतमलाई बालुवाटारमा बोलाएर छुट्टै छलफल गरेका थिए ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


