कटुवा पेस्तोल सहित तीन जना परे प्रहरीको फन्दामा
प्रदिप सिहं, लहान । ईलाका प्रहरी कार्यालय सिरहा मिर्चैया बाट खटिएको गस्ती टोलीले वित्त राति शुक्रबार नलकटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको टोलीले ब्राहबिघा नजिक चेक जाँच गर्दा को ३५ प ४०१९ नम्बरको मोटरसाइकलमा सवार दुई जना र स्थानीय एक जना सहित तीन जनालाई प्रहरीले पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ का २० बर्षीय अजय शर्मा, मिर्चैया ५ का १९ बर्षीय ज्ञानु मण्डल सोही ठाउँ का ३९ बर्षीय रमेश शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। तीनै जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


