नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ
काठमाडौं । पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।
उनीहरुले अनलाइन सञ्चार माध्यमको प्रेस कार्ड नक्कली बनाएको पाइएको प्रहरीको भनाइ छ । काठमाडौंमा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो बढेपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


