रुस र चीनका ह्याकरद्वारा अमेरिकी राष्ट्रपति चुनाव प्रभावित पार्ने प्रयास
एजेन्सी, रुस र चीनका ह्याकरले अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित पार्ने प्रयास गरिरहेका छन् । माइक्रोसफ्टले ह्याकरहरुले अभियान नै चलाइरहेको खुलासा गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले माइक्रोसफ्टले ह्याकरहरु सन् २०१६ मा जस्तै राष्ट्रपतिको चुनाव प्रभावित पार्न सक्रिय रहेको जानकारी दिएको उल्लेख गरेका छन् । डोनाल्ड ट्रम्प र जो बिडेनका अभियानकताृहरु साइबर रेडरको दृष्टिमा रहेको बुझिएको छ ।
३ नोभेम्बर सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनाव हुन गइरहेको छ । यसअघि २०१६ को चुनावमा पनि ह्याकरहरुको संलग्नता देखिएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


