विश्वभर कोरोना सङक्रमितको संख्या ३ करोड पुग्यो
काठमाण्डाै – विश्वभर कोरोना भाइरसबाट सङक्रमित हुनेको संख्या ३ करोड पुगेको छ ।
पछिल्लो २४ घण्टामा झण्डै ३ लाख सङक्रमित थपिएसँगै कोरोनाबाट सङक्रमित हुनेको संख्या ३ करोड २३ हजार भन्दा धेरै पुगेको वल्डाेमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी सङक्रमित थपिएका छन् ।
यस्तै अमेरिकामा ३७ हजार ८ सय, ब्राजिलमा ३७ हजार ३ सय, स्पेनमा ११ हजार १ सय तथा अर्जेन्टिनामा ११ हजार ६ सय भन्दा धेरै जना नयाँ सङक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा भारतमा ११ सय ३९ जनाको ज्यान गएको छ । अमेरिकामा १ हजार ७९, ब्राजिलमा ९ सय ६७, रसियामा १ सय ३२, कोलम्बियामा १ सय ९० तथा मेक्सिकोमा ६ सय २९ जनाको ज्यान गएको छ ।
एकैदिन विश्वभर ६ हजारभन्दा धेरैको ज्यान गएसँगै कोरोनाबाट ज्यान जानेको संख्या ९ लाख ४४ हजार ४ सय ९७ पुगेको छ । यस्तै विश्वभर कोरोना सङक्रमित भएर निको हुनेको संख्या २ करोड १७ लाख पुगेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


