नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा
६ असोज, काठमाडौं –
नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।
यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।
सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।
इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


