प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी
काठमाण्डौ – प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन हुनुभएको छ । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।
साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ । यसअघि किशोर श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा पत्र बुझाउनुभएको थियो ।
श्रेष्ठको पदावधि आउँदो १२ गते सकिँदैछ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


