खुल्यो पाल्पा–बुटवल सडक
पाल्पा – गएको शुक्रबारदेखि बन्द रहेको पाल्पा–बुटवल सडक ३ दिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकका दर्जनौँ स्थानमा झरेका पहिरो हटाएपछि आइतबार दिउँसो सवा ३ बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ठूला ढुङ्गासहितको पहिरो झरेकाले बाटो सञ्चालनमा ल्याउन समय लागेको प्रहरीको भनाइ छ । तीन दिनसम्म बाटो बन्द हुँदा दर्जनौँ सवारी र सयौँ यात्रु अलपत्र परेका थिए ।
दुईतर्फी बाटो सञ्चालनमा आउन समय लाग्ने र जोखिमपूर्ण रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


