प्रदेश–५ मा भिडिओ कन्फरेन्समार्फत अभियुक्तहरुको म्याद थप्ने प्रक्रिया सुरु
दाङ । प्रदेश नम्बर–५ मा भिडिओ कन्फरेन्समार्फत अभियुक्तहरुको म्याद थप्ने प्रक्रिया सुरु भएको छ ।
प्रदेश–५ अन्तर्गतका १२ वटा जिल्ला प्रहरी कार्यालय र सो मातहतमा मुद्दा चल्ने ४० वटा इकाईहरुमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका अभियुक्तहरुको भिडिओ कन्फरेन्समार्फत म्याद थप्न थालिएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले अदालती प्रक्रियामा भिडिओ कन्फरेन्समार्फत म्याद थप गर्ने प्रक्रिया मातहतका सबै इकाईहरुमा सुरु भएको जानकारी दिए ।
विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण संक्रमण थप फैलिन नदिन भिडिओ कन्फरेन्सको विधि अवलम्वन गरिएको एसएसपी बैदवारले बताए । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपर दाङ, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरसँगको सहकार्यमा जिल्लास्तरमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अनुसन्धानका सिलसिलामा पक्राउ परेका अभियुक्तहरुलाई म्याद थप गर्दा अदालत उपस्थित नगराएरै भिडिओ कन्फरेन्समार्फत गर्न थालिएको हो ।
भिडिओ कन्फरेन्स मार्फत म्याद थप गर्दा सेवा छिटो प्रवाह गर्न सकिने तथा अपराध अनुसन्धानमा समेत सहजता हुने एसएसपी बैदवारको भनाई छ । उहाँले भविष्यमा यही विधि मार्फत अभियुक्तको बयान गर्ने कार्य र साक्षी उपस्थित गराउने कार्य समेत गर्ने योजना रहेको जानकारी दिए ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


