डेरामा बस्नेलाई कोरोना परीक्षणका लागि दबाब नदिन कामपाकाे आग्रह
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले डेरामा बस्ने र औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई कोरोना परीक्षण गर्न दबाब नदिन आग्रह गरेको छ ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले सूचना निकालेर महानगरभित्रका घरमा डेरा गरी बस्नेलाई घर धनी र औद्योगिक प्रतिष्ठानले श्रमिकलाई अनिवार्य कोरोना परीक्षण गर्न दबाब दिएको गुनासो आएकाले त्यसो नगर्न अनुरोध गरेको हो ।
कोरोना भाइरसको प्रभाव देखिन कम्तीमा पाँच दिन लाग्ने र सङ्क्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न निजी वा स्वास्थ्य क्लिनिकबाट पीसीआर परीक्षण हुने व्यवस्थासमेत मिलाइएकाले अनावश्यक रुपमा परीक्षणको लागि दबाब नदिन महानगरपालिकाले अनुरोध गरेको हो ।
अनिवार्य परीक्षणका लागि दबाब दिनु व्यक्तिगत स्वतन्त्रता हनन भएको उल्लेख गर्दै महानगरपालिकाले यस्ता अमानवीय क्रियाकलाप प्रचलित कानुनअनुसार दण्डनीय हुने पनि सूचनामा उल्लेख छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


