मानसिक समस्या व्यक्ति र सरकारको प्राथामिकतामा परेन : विज्ञ
काठमाण्डाै – मानसिक रोग विशेषज्ञले मानसिक समस्या मानिसको मृत्युको कारण बनिरहँदा पनि व्यक्ति, समाज र सरकारको प्राथामिकतामा नपरेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठन नेपालका मानसिक रोग विशेषज्ञ डाक्टर केदार मरठ्ठाले मानसिक समस्याका कारण आत्महत्या तथा शरीरको ख्याल नगर्दा मृत्युको मुख्य कारणभित्र परिरहँदा पनि यसतर्फ ध्यान नगएको बताउनुभयो ।
डाक्टर मरठ्ठाले मानसिक स्वास्थ्य सम्बन्धि स्वास्थ्य सेवा सबैको पहुँचमा नरहेको र पहुँच भएमा पनि अज्ञानता, अन्धविश्वास तथा लान्छना आदिको कारण पीडितले उपचार सेवा नपाइरहेको बताउनुभयो । कोरोना महामारीको कारण मानसिक समस्या हुनेको संख्या बढेको भन्दै उहाँले सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
व्यक्तिगत रुपमा आफ्नो र परिवारको ख्याल गर्ने, सन्तुलित भोजन, आराम, व्यायम गर्ने तथा सहयोगी भावना राख्नुपर्ने बताउनुभयो । आज सबैको लागि मानसिक स्वास्थ्य, पर्याप्त लगानी व्यापक पहुँच, जसलाई पनि जहाँ पनि भन्ने नाराका साथ मानसिक स्वास्थ्य दिवस मनाइदैछ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


