गरिब छुट्ट्याउनै गाह्रो
काठमाडौं, कोरोना संक्रमितहरू निको भएर फर्किंदा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारी खुसी हुन्छन् नै तर, ती बिरामीलाई निको पार्न लागेको खर्च कसरी व्यवस्थापन गर्ने भनेर तनाव पनि भइहाल्छ।
सरकारले खर्च गर्न सक्नेलाई सशुल्क र नसक्नेलाई निःशुल्क उपचार गर्ने भने पनि विपन्न नागरिकको अभिलेख नहुँदा समस्या देखिएको छ। त्यसमाथि जो विपन्न छन् उनीहरूसँग आफू गरिब भएको प्रमाणपत्र छैन। संक्रमितले स्वयं विपन्न भएको दाबी गर्दै निःशुल्क उपचार गर्ने क्रम बढेको निर्देशक डा राजभण्डारी बताउँछन्।
‘पहिले–पहिले पो शुक्रराज अस्पताल गरिबको अस्पताल थियो। अहिले त धनी पनि उपचार गर्न आउँछन्’, डा राजभण्डारी भन्छन्, ‘तिर्न सक्नेबाट शुल्क उठाउन सरकारले भनेकै छ। बिरामीहरू गरिब हौं भनेर नतिरी हिँड्छन्।’
यतिसम्म कि निजी अस्पतालबाट रेफर भएर आएका बिरामीले पनि शुल्क तिर्न आनाकानी गरिरहेको चिकित्सक बताउँछन्। ‘धनी–गरिब कसरी छुट्ट्याउने? निधारमा लेखेको हुँदैन ।’ अन्नपूर्ण पोस्ट् दैनिकबाट
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


