फेरि सर्याे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । यही शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठक सोमबार दिउँसो १ बजेका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य सहभागी हुन कांग्रेसले आग्रह गरेको छ । यसअघि केही नेतालाई कोरोना देखिएपछि असोज १९ गतेकाे बैठक असोज २५ गतेका लागि सारिएको थियो । असोज २५ गते पनि केन्द्रीय समिति बैठक बस्न नसकेपछि कात्तिक २१ गतेका लागि सारिएको थियो ।
शीर्ष नेताहरुबीच केही विषयमा विवाद बढेकोले बैठक सरेको कांग्रेसका नेताहरुले बताएका छन् ।

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


