पाल्पाका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि
बुटवल । पाल्पाको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएका दुई पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
तिनाउ गाउँपालिका-६ डुम्रेका ४४ वर्षीय पुरूष र माथागढी गाउँपालिका-२ का ६६ वर्षीय पुरूषको मृत्युपछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
कात्तिक १८ गते दिउँसो अस्पताल भर्ना भएका डुम्रेका ४४ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका कोरोना फोकल पर्सन ओमप्रकाश पन्थीका अनुसार उनको कोरोना पोजेटिभ रिपोर्ट बिहीबार बिहान मात्रै आएको हो ।
पन्थीका अनुसार माथागढी गाउँपालिका-२ का ६६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कोरोना परीक्षणका लागि उनको स्वाब मंगलबार संकलन गरिएको थियो । बिहीबार मृत्युपछि उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पन्थीले बताए ।
योसँगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १३ पुगेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


