ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोले गाउँ नै पुरियो : कम्तीमा ५० जनाको ज्यान गयो
काठमाण्डाै – ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोले गाउँ नै पुरेको छ ।
पहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गएको छ । राष्ट्रपति एलेजान्डे गिएमाट्टीले अरु १ सय जनाभन्दा धेरै पुरिएको र उनीहरुको पनि ज्यान गएको हुन सक्ने बताउनुभएको छ ।
आँधीको कारण परेको ठूलो वर्षाका कारण अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँका घरहरु पुरिएका बीबीसीको खबरमा उल्लेख छ । अहिले प्रभावित गाउँमा उद्धारका लागि आर्मीको टोली पुगेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


