लेले मनकामनामाई मन्दिर निर्माणको काम १५ वर्षदेखि निरन्तर
ललितपुर – ललितपुरको लेलेमा रहेको मनकामनामाई मन्दिरको निर्माणको काम भइरहेको छ।
२०६२ सालमा जनश्रमदानबाट निर्माण सुरु भएको मन्दिर क्षेत्रमा अहिले पनि वरिपरिको पर्खालमाथि ढलान, तारजाली, बस्ने कुर्ची, धारा जडान र मर्मत सुधारको कार्य भइरहेको हो । गोरखाको मनकामनामाईको वैकल्पिक रुपमा स्थापना गरिएको मन्दिर १५ वर्षअघि तीन लाख जनश्रमदान र दुई लाख रुपैयाँ बराबरको जिन्सी सामान उठाएर सुरु गरिएको थियो ।
२०६४ साल वैशाख २२ गते मन्दिर उद्घाटन गरेको मनकामना फूल्चोकीमाई मन्दिर संरक्षण तथा सुधार समितिका अध्यक्ष राजेन्द्र सिलवालले बताउनुभयो । मन्दिर निर्माण सुरु गरेपछि पूर्णता दिन पैसा नभएर समस्या हुँदै आएको उहाँको भनाइ छ । मन्दिरमा पुग्न सिँढी निर्माणका लागि गोदावरी नगरपालिकाले गएकाे वर्ष १० लाख र यसवर्ष पनि पोखरी निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
नगरपालिकाले सहयोग गरेको रकम र व्यक्तिले दिएको रकम गरेर अहिलेसम्म एक करोड बढी खर्च भइसकेको मन्दिरका संस्थापक अध्यक्ष ठूलाबहादुर तामाङले बताउनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


