भारतीय पत्रकार अर्नब गाेस्वामी जमानतमा रिहा
काठमाण्डाै – आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामी जमानतमा रिहा भएका छन् । गोस्वामीलाई सर्वाेच्च अदालतले जमानतमा रिहा गर्ने आदेश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि मुम्बईको उच्च अदालतले गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको थियो । मुम्बई उच्च अदालतले जमानत नदिनु निकै गलत भएकाे सर्वाेच्च अदालतले बताएकाे छ ।
अलीबागका इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा भारतीय टेलिभिजन रिपब्लिक टीभीका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई गएको १९ गते मुम्बईमा रहेको उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।
डिजाइनर अन्वय नाइकले आत्महत्या गर्नुपूर्व लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख भारतीय रुपैयाँ नपाएकोले आत्महत्या गर्नुपरेको लेखेको सञ्चारमाध्यमले बताएका छन् ।
अर्नब गोस्वामीले हिरासतमा रहँदा आफूमाथि कुटपिट भएको र दुर्व्यवहार गरिएको आरोप लगाएका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


