गुल्मीको इस्मामा जीप दुर्घटना : पाँच जनाको ज्यान गयो, उद्धारको काम चल्दै
गुल्मी – गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
इस्मा-४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान सडकबाट खसेको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार जीपमा रहेका तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको हो । अर्का एक जना घाइते भएका छन् ।
घटनास्थलमा अहिले उद्धारको काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


