म्याराडोनाको उपचारमा लापरबाही भए/नभएकोबारे छानबिन सुरु
काठमाण्डाै – अर्जेन्टीनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भए नभएकोबारे छानबिन सुरु भएको छ ।
केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका ६० वर्षीय म्याराडोनालाई हृदयघात हुँदा गएको बुधबार निधन भएको थियो । म्याराडोनाका छोरीले उपचारमा प्रश्न उठाएपछि डाक्टरमाथि छानबिन अगाडि बढाइएको बीबीसीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले डाक्टर लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेको छ । प्रहरीले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोट बरामद गरेका खबरमा उल्लेख गरिएको छ । म्याराडोनालाई विश्वभर सर्वोत्कृष्ट खेलाडीका रूपमा चिनिन्छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


