लगातारजसो घटेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले बढ्यो
काठमाण्डाै – केही दिन यता लगातारजसो घटेको सुनको भाउ आज भने बढेको छ ।
सुन आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको थियो ।
विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको थियोे । यस्तै, आज चाँदीको पनि तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा पुगेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


