मन्त्री प्रभु साहको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो
सर्लाही – शहरी विकासमन्त्री प्रभु साह चढेको ना १ झ ३८४२ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर भागेको खुलेको छ ।
सर्लाहीकाे हरिवनमा मन्त्री साहको गाडीको ठक्करबाट लालबन्दी नगरपालिका-८ चन्द्रपुर घर भएका ३५ वर्षका बच्चु तामाङ घाइते भएका छन् । कम्मर र खुट्टामा चोट लागेका उनको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भैरहेको छ ।
ठक्कर दिएर भागेको गाडी मन्त्री साहकै रहेको पुष्टि भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


