तराईमा बाक्लो कुहिरो : काठमाण्डौमा हिजोभन्दा आज चिसो
काठमाण्डौ – अहिले देशको तराईका भू-भागमा बाक्लो कुहिरो लागेको छ ।
चिसोका कारण कुहिरो लागेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार चर्को घाम भने लाग्ने सम्भावना छैन् । सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ ।
रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् बासीले बताउनुभयो । यसैबीच काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ ।
आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाण्डौको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको मौसमविद् बासीले बताउनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


