भारतमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गयो, १५ जनाभन्दा धेरै घाइते
काठमाण्डाै – भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गएको छ भने १५ जनाभन्दा धेरै घाइते भएका छन् ।
मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रेफर गरिएको त्यहाँको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको मुरादाबादका एसएसपी प्रभाकर चौधरी बताउनु भएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई/दुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइते भएकालाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


