९ महिनामा १६ सयभन्दा धेरै आगलागी, ६० जनाको ज्यान गयो, १ अर्ब २२ करोड नोक्सानी
काठमाण्डाै – पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् ।
गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आगलागीका कारण यो अवधिमा ६० जनाले ज्यान गुमाएका छन् भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । यस्तै चट्याङ्गका कारण २१७ वटा घटना भएका छन् ।
चट्याङ्गले ६५ जनाको ज्यान गएको छ भने ५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्राकृतिक विपत्तिका विभिन्न घटनाले ९ महिनाको अवधिमा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


